मोदी पाकिस्तानी बोर्डरमा नेपाली उभ्याउदैँ काठमाडौंमा आफ्नो सुरक्षा भित्राउदैँ

0
61

समीर उप्रेती
भाद्र १३, काठमाडौं । भाद्र १४ र १५ गते हुन गइरहेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) चौथो शीखर सम्मेलनमा सहभागी हुन आउने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका निम्ति “क्लोज प्रोटेक्सन” सुरक्षाका १३ सदस्यीय टोलि काठमाडौं आएका छन्।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदा प्रयोग गर्नको लागि भारतिय वायुसेनाको विमानबाट शनिवार दिउँसो ३ वटा गाडि सहित १३ सदस्यीय टोली नेपाल आइपुगेको हो।

विश्वको हस्ति राष्ट्र प्रमुखहरूको भेट होस् वा विवादित उत्तर कोरिया र अमेरिकाका राष्ट्र प्रमुखहरूको,गोर्खा सैनिक विश्वमा प्रख्यात र एतिहासिक छवि बोकेका छन् । मित्र राष्ट्र भारतले नै पनि स्वयम् गोर्खा राइफल्स रेज्यूमेन्ट खडा गरि आफ्नो देशको स्वाधिनताको रक्षा, पाकिस्तान र भारत सिमामा गोर्खालाई भरोसाको केन्द्रविन्दु मानेको छ, भने नेपाल आउँदा किन नरेन्द्र मोदी लाई नेपाली सेना र नेपाली सुरक्षामा विश्वस्त भएन त ?

अमेरिकाका राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमजोङ्ग विश्वस्त हुन सक्ने यी गोर्खा सैनिकको जन्मभूमि र कर्मभुमि नेपाल आउँदा किन कमाण्डरको दस्ता र अत्याधुनिक गाडीहरूको साहारा लिइरहनुपर्यो ? अथिति देवोको भवको सार नेपालीलाई राम्रो सँग थाहा छ भन्ने कुरा त मोदी लाइ नाकाबन्दी पश्चातको भ्रमणमा आउँदा पनि महसुस भएकै हो नि ? стрелки на глазах фото как рисоватьгамакилобановский супермаркет классвоблер рудраТунян Нарекгрузоперевозки одесса