मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना हुने, अभियान्ताहरुको टोली माघ २५ गते ताप्लेजुङ जाने

0
124

 

माघ १५, काठमाडौं । प्रदेश नम्बर १ स्थित ताप्लेजुङ जिल्लाको सामुदायिक विद्यालय मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना हुने भएको छ ।

माघ २७ गते श्रीपञ्चमीको अबसर पारेर फुङलिङ नगरपालिका वडा नंम्बर ८ बहानन्दे स्थित मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना हुने भएको हो ।

सामाजिक अभियन्ताहरु केशव प्रसाद अधिकारी, राधेश्याम मल्ल, विरेन्द्र बहादुर पाण्डे, पर्वतराज घिमिरे, भूवन केसी, सुनिल चिमरिया, विबेक थापा, भिम थापा, मोनिका निरौला लगायतको अभियान ‘कम्प्यासन फोर ह्यूमानिटी’ले दूर्गम जिल्ला ताप्लेजुङमा पुस्तकालय स्थापना गर्न लागेको हो ।

सो अभियानलाई कसरी सफल पार्ने भन्ने विषयमा मंगलबार बसेको अभियान्ताहरुको बैठले आर्थिक, प्राविधिक जस्ता विषयमा गहन छलफल भएको समाजिक आभियान्ता मल्लले बताउनुभयो ।

अभियानलाई सफल बनाउनको लागी सामाजिक अभियान्ताहरुको टोली माघ २५ गते काठमाडौंबाट लाप्लेजुङ जाने अभियानका सयोजक विरेन्द्र बहादुर पाण्डेले बताउनुभयो ।

पुस्तकालयमा ३ हाजार भन्दा बढी पुस्तक पुर्याउँने लक्ष्य रहेको अभियन्ताले जानकारी दिनुभयो ।

 

आठ कक्षा सम्म सञ्चालयनमा रहेको उक्त विद्यालय २०३० सालमा स्थापना भएको हो, भने सो विद्यालयमा हाल १७० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

 

 

  магазин дизайнерских вещейseo оптимизация и продвижение сайтовпоиск ключевых словалгоритм баден баденlatvian villageкак организовать бизнес