मिटर ब्याजी वीरेन्द्रलाल श्रेष्ठको आइजीपी मोह !

0
6

काठमाडौं
एक मिटरब्याजीले आफु नेपाल प्रहरी र सुरक्षा क्षेत्रका उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको बताउदै रवाफ प्रर्दशन गरेको खबर छ । मिटर ब्याजीका नाइके भनेर चिनिने उग्रचण्डी २ काभ्रेका वीरेन्द्रलाल श्रेष्ठले यस्तै खबर धेरैलाई पुर्याएपछि प्रहरी हेडक्वाटर नक्सालमा खैलाबैलानै मच्चिएको छ । आईजीपी थापा एसपी हुँदादेखिनै वीरेन्द्रको दोस्ती भन्दै उनले आफै बताउदै हिडेको खबरले ध्यानआर्कषण भएको हो । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीसँग समेत राम्रो सम्बन्ध रहेको केहि अधिकारीहरुसँग उनले खुलासा गरे लगत्तै थप चर्चा चुलिएरको स्रोतले जनाएको छ । आईजीपी शैलेश थापासँग भेटवार्तानै नगरि आफुले भेटेको सम्म भनेपछि आईजीपी सचिवालयका प्रहरी कर्मचारी थप चनाखो बनेका छन् । त्यस्ता विवादास्पद ब्यक्ति भेट्ने कुरा कल्पना सम्म गर्न नसकिने अवस्थामा कसरी अफवाह फैलिएको छ ? आफुहरु छक्क परेको सचिवालय स्रोतले अभियान टाइम्स साप्ताहिक प्रतिनिधिसँगको कुराकानीमा बताए । केहि बर्ष अघि सामान्य परिवारका सदस्य वीरेन्द्रलाल श्रेष्ठ मिटर ब्याजीकै कारण घरानिया छनकले सबै कुरा खुलाउँछ । आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका नाइकेहरु वीरेन्द्रलाल श्रेष्ठ, महेश सिंह, लोकबहादुर टण्डन लगायतहरुले प्रहरीकै कर्मचारीलाई देखाएको रवाफका बारेमा सुचना समेत संकलन भइरहेको स्रोतले जनाएको छ । सरल,मिजासीला,नियम कानुनको चासो लिने नयाँ आईजीपी शैलेश थापालाई बद्नाम गर्न केहि समुह खुलेर लागेको देखिन्छ । अनाहेकमा बद्नाम गर्ने क्रियाकलाप बढेपछि मिटर व्याजी नाइके बीरेन्द्रलाल श्रेष्ठ र युनिटी ग्रुपका ठग लोकबहादुर टण्डन समेत निगरानीमा रहेका छन् । हुन त वीरेन्द्रलाल श्रेष्ठले यसअघिका आईजीपी ठाकुर ज्ञवालीसँग पटक पटक भेटवार्ता गरेको आफै बताउदै हिडेका छन् । तत्कालिन समयमा आफुले आईजीपी निवासमा भेटेको बताउने गरेको स्रोत बताउँछ । उनले अहिले ज्ञवालीको नाम समेत प्रचारबाजी गर्दै हिडेका छन् । वीरेन्द्रलाल श्रेष्ठले अधिकांश प्रहरीका उच्च अधिकारीहरुसँग मिलेर मिटर ब्याजमा लगाउँदै अकुत सम्पती जोडेका छन् । उनको करोडौं सम्पतीको कानुनी आय स्रोत केहि छैन् । उनलाई तत्कालीन समयमा एक प्रहरी अधिकारीले २ जना प्रहरी कर्मचारीनै बडिगार्डका रुपमा खटाइदिएका थिए । श्रेष्ठले प्रहरीकै आडमा पेस्तोल समेत गाडीमा राखेर पड्काउने र तर्साउने समेत गरेको घटना सार्वजनिक भएको थियो । राज्यको कानुननै हुर्मत लिएर श्रेष्ठलाई गहिरो अनुसन्धान गर्नु पर्ने आवाज चर्किरहेका बेला उनको फुर्ती बढेकोमा सरोकारवालाहरु चिन्तित रहेका छन् । उनको कुकर्म फर्दाफास गर्न महानगरिय अपराध महाशाखा र सिआईबीले सुक्ष्मरुपमा पहिलेका फाइलहरु छानविन गर्नु पर्ने हुन्छ । आईजीपी थापाको संगत भन्नेर हौवा फैलाउने वीरेन्द्रलाल श्रेष्ठ ,लोकबहादुर टण्डन, महेश सिंह, बलराम सापकोटा (बल)े, काजी शेर्पा भन्ने आङकाजी शेर्पा,गोविन्द टण्डन,डोलबहादुर खड्का लगायतहरुको सम्पती अनुसन्धान गरि छानबिन गर्न जरुरी छ । वीरेन्द्रलाल श्रेष्ठले मिटर ब्याजमा पैसा लगाउने क्रममा एक ब्यक्तीको २ करोड भन्दा माथीको घर,जग्गा,सम्पत्ति ४० लाखमा हत्याएका थिए । हतियारको बलमा उनले सम्पती कब्जा गरेका हुन् । उनले काठमाडौं उपत्यकाका दर्जन भन्दा बढि घर कौडीको मूल्यमा हतियारकै बलमा कब्जा गरेको प्रहरी स्रोत बताउँछ । उनीसँग ४० लाख ऋण लिएकामध्ये एक पीडितको सिफलको करोडौं मूल्यको घर वीरेन्द्रलालले कन्चटमा पेस्तोल देखाएर कब्जा गरेका थिए । सिफलको घर उदाहरण हो, वीरेन्द्रलालले त्यस्ता धेरै घरहरु कौडीको मूल्यमा कब्जा गरी १० बर्षको बीचमा करोडौं आर्जन गरेका छन् । उनको सम्पत्ति समेत छानबिन हुनुपर्ने माग पीडितहरुको छ । यसरी संरक्षण पाए पछि फस्टाए वीरेन्द्रलाल श्रेष्ठ नेपाल प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमिल्सिना, पूर्व एसपी ढकबहादुर कार्की लगायतको संरक्षणमा उनले मिटर ब्याज फस्टाएको हो । पुर्व प्रहरी अधिकारीहरुले वीरेन्द्रलाल श्रेष्ठ मार्फत पैसा लगानी गरेका थिए । वीरेन्द्रलालले सुरुमा क्यासिनोमा हार्नेहरुलाई पैसा लगानी गर्दै मिटर ब्याजको धन्दामा हात हालेका थिए । बलराम सापकोटाले वीरेन्द्रलालको कमाइ देखेर मिटर ब्याजमा लगानी गर्न थालेको नजिककाहरु बताउछन् । प्रहरीका हाकिमहरुको पैसा लिएर उनीहरुले मिटर ब्याजमा लगानी गर्दैआएका थिए । प्रहरीको पैसा लगानी गरेपछि उठाउन सजिलो हुने र हतियार लिएर हिडे पनि कुनै कारबाही नहुने भएकाले पनि वीरेन्दलाल र बलेले यो धन्दा गर्दै आएका थिए । यस्तो धन्दामा वीरेन्दलाल धेरै अगाडि छन् । वीरेन्द्रलालले अहिले पनि प्रहरीका उच्च अधिकारीहरु सरुवा,बढुवा गर्ने हैसियत भएको भन्दै आफ्नो धाकधम्की प्रस्तुत गर्दै आइरहेका छन् ।