महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदै

0
12

चैत्र ८, विराटनगर । पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे हुनेछ।

चौथो पटक उपाधिका लागि पाहुना टोली भारतविरुद्ध प्रतिस्पर्धा गर्दा नेपालको लक्ष्य उपाधि घरमै राख्ने हुनेछ। घरेलु दर्शक र मैदानको साथ पाएको नेपाल यसअघिका सबै संस्करणको उपाधि विजेता भारतलाई हराउँदै इतिहास रच्ने उद्देश्यमा हुनेछ।

दक्षिण एसियामा बलियो मानिँदै आएको भारतविरुद्ध नेपाली टोलीका प्रशिक्षक खड्काले भने संयमित भएर टोलीलाई मैदान उतार्नेछन्।

उपाधिमा सधैँ बाधक बन्दै आएको भारतलाई पराजित गर्दै उपाधि जित्नेमा नेपाली टोलीका प्रशिक्षक हरि खड्का विश्वस्त छन्। बिहीबार फाइनल प्रतिस्पर्धाअघिको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक  खड्काले आयोजक र घरेलु मैदानको फाइदा उठाउँदै पाँचाैं संस्करणको उपाधि नेपालको पोल्टामा पर्ने बताए।

‘भारतको दबदबालाई तोड्न टोली तयार छ। विराटनगरमा उपाधि जित्न नेपाल आतुर छ। तर मिहिनेत आवश्यक छ,’ नेपाली टोलीका प्रशिक्षक खड्काले भने, ‘त्यसका लागि खेलाडी तयार छन्। भोलिको दिन हाम्रो होे। इतिहास रच्ने दिन हो।’ साफ च्याम्पियनसिपअन्तर्गत यसअघिका तीन भेटमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। तर यसपालि भने घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै भारतको दबदबालाई भंग गर्ने रणनीति नेपाली टोलीका प्रशिक्षक हरि खड्काले अपनाउँदै छन्।

‘सबै खेलमा स्पष्ट जित निकाल्दै फाइनल प्रवेश गरेकाले हामी दबाबमा छैनौं। फाइनल हो, अलि कठिन हुनेछ,’ आशलताले भनिन्, ‘दबाबरहित हुँदै उत्साहित भएर खेल्नेछौं। उपाधि जित्ने लक्ष्यमा हामीले स्वाभाविक खेल खेल्नेछौं। हामी उपाधिका लागि ढुक्क छौं।’ प्रशिक्षक खड्काले भने,

त्यसो त नेपालले भारतसँगका पछिल्ला दुई भेटमा सफल नतिजा निकाल्दै आत्मबल पनि विकास गरेको छ। मनोकांक्षा बढेको छ। गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपाल र भारतले १–१ को बराबरी खेले। गत महिना भारतमै भएको हिरो गोल्डकपमा भने नेपाल भारतलाई २–१ ले पराजित गरेर म्यानमारसँग पराजित हुँदै उपविजेताका रूपमा घर फर्किएको थियो । हिरो गोल्ड कपमा हात पारेको जित नै नेपालले भारतलाई हराएको पहिलो विजयी नतिजा हो। उक्त खेलपछि नेपालमा जारी प्रतियोगितामा यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।

стоматология налобановский александр фотоотследить по номеру телефона местонахождениеprodvijenieteambuilding Russiaростаможка