महिला सशक्तिकरण र लैङ्गिक समानता लागि राकुटेन भाइबर र युएन वुमेनबीच सहकार्य

0
6

काठमाडौ, बैशाख १७
आजको डिजिटल संसारमा महिला सशक्तिकरण र लैङ्गिक समानता अभिवृद्धिका लागि नवीन खोज र प्रविधि विकास पनिपरिचालक हुन सक्दछन् । युएन वुमेन नेपाल र राकुटेन भाइबर, जुन मेसेन्जर एवं कल एपभाइबरको कम्पनीकोरुपमा चिरपरिचित छ, यी दुई संस्था यो नवीनतम प्रविधियुक्त मञ्चको उपयोग गर्दै समुदायहरुमा लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवद्र्धन गर्ने सन्दर्भमा साझेदारी गर्न अग्रसर भएका छन् ।
सूचना, जानकारीहरु आदानप्रदान गर्ने एक साझा मञ्च र नेपाल लगायतअन्यका भाइबर प्रयोगकर्ताहरुलाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारी अन्तर्गत भाइबर ‘कम्युनिटी’ र २ वटा स्टिकर प्याकहरु पनि प्रस्तुत गर्ने लक्ष्य रहेको छ । भाइबर कम्युनिटीले एक अनलाइन स्थान संचालन गर्नेछ, जहाँ आफ्नो रुचीमा आधारित रहेर मानिसहरु नजिकिन सक्दछन् । यो नयाँ कम्युनिटीमार्फत विविध सञ्चार सामग्रीहरु जस्तै तस्वीरहरु, इन्फोग्राफिक्स र भिडियोहरुको प्रयोग गरेर युएन वुमेनले लक्षित वर्गहरुसम्म पुग्ने, जानकारीहरु प्रचार प्रसार गर्ने तथा सामाजिक मानकहरु, लैङ्गिक भूमिकाहरु, असमानता र महिला, बालिकाहरु तथा सीमान्तकृत समूहका व्यक्तिहरु आदिको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
कम्युनिटीले प्रयोगकर्ताहरुलाई जनमत साथसाथै स्टिकर प्याक जस्तो विशेषताहरु मार्फत उनीहरुलाई आपसी कुराकानीद्वारा जनचेतना अभिवृद्धि एवं जानकारी साटासाट गर्न दर्शकहरुसँग अन्तरक्रिया गर्नको लागि अवसरहरु पनि उपलब्ध गराउनेछ । “नवीनतम खोज र प्रविधिले समुदायहरुमा पुग्ने पर्याप्त अवसरहरु उपलब्ध गराउँदछ ।” युएनवुमेनको नेपाल प्रतिनिधि वेन्नी कुसुमाले भनेकाछन, “यो साझेदारीमार्फत् हामी दुवै मिलेरहाम्रो जनचेतना अभिवृद्धि र परामर्श प्रयत्न उकास्नका लागि एक मुख्यमाध्यमको रुपमा यो नवीन खोजको प्रयोग गर्ने लक्ष्य लिएका छौं । साझेदारीको सन्दर्भमा आफ्नो मन्तव्य राख्दै राकुटेन भाइबरको एप्याकका बिजनेस डेभलपमेन्टका सिनियर डाइरेक्टर अनुभव नैयरले भने “भाइबर महिला सशक्तिकरण र लैङ्गिक समानता जस्तो गहनतम विषयका लागि युएनवुमेनसँग सहकार्य गर्न पाएकोमा गौरवान्वीत भएको छ । यो सहकार्यले हाम्रो समाजमा विद्यमान धेरै गम्भीर मुद्दाहरुलाई सम्बोधन गर्नेछ । हामी दुवैको लक्ष्य नेपालका अधिकाँश नागरिकहरुमाझ सचेतना सिर्जना गर्दै यी सरोकारका विषयहरुलाई सम्बोधन गर्नु रहेको छ ।”