ब्लू क्रस हस्पिटलमा डाक्टर रंगिना लाईकगबमद्धारा पहिलो पटक डे. केयर हिस्टेरेक्टोमी

0
7

काठमाडौ, साउन १६
जर्मन स्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थपडिग्री हासिल गरी केहि बर्ष देखि बरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनकोरुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधी) मार्फत आवश्यक स्वास्थ्य सेवाप्रदान गरी रहेकी डा. रंगिनालाई कंग बमले नेपालमा पहिलो पटक ब्लुक्रस हस्पिटलमा डे केएर हिस्टेरेक्टोमीको शल्यकृया सफलताको साथ सम्पन्न गरेकीछन ।
यसडे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यकृया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यकृया दुरबिनको माध्यमबाट गराईमात्र ६ देखि ८ घण्टामा हिँडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै बचतभई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाई कंग बमले जानकारी गराए ।
विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यकृया भईरहे पनि नेपालको हकमा भने डा. रंगिनालाई कंग बमले नै पहिलो पटक सफल शल्यकृया गरेकी हुुन । विदेशमा रहेर अध्ययन गर्दा देखेको अत्याधुनिक प्रबिधिले नेपाली दिदिबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाई कंग बमले जानकारी दिईन । यस संगै डा.लाई कंग बम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टो मीत थाअन्य डे केएर गाईने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको छ ।
नेपाली दिदिबहिनीहरुले आवश्यक परेको अवस्थामा विश्वस्तरीय यस किसिमको शल्यकृया ब्लुक्रस हस्पिटलमा गराउन सकिने समेत डा. रंगिनालाई कंग बमले थप जानकारी गराएकीछन ।

करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई योगदान प्रदान गर्न त्रिपुुुरेश्वर–११ मा अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आईरहेको छ ।
आज भोलिको अत्यन्तव्यस्त समयको मागलाई आत्मसाथ गरी यस हस्पिटलले नविनतम प्रविधि मार्फत आवश्यक बिरामीहरुलाई सरल तथा सुविधाजनक स्वास्थ्य लाभको अवसर समेत प्रदान गर्दै आईरहेको छ । यसैलाई आत्मसाथगर्दै अत्याधुनिक प्रबिधिलाई विस्तार गरीे उपचारमा लाग्ने समयलाई न्युनीकरण गर्न अस्पतालले नेपालमै पहिलो पटक डे केएर हिस्टेरेक्टोमी प्रबिधि भित्राएको हो ।