पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता

0
2

काठमाडौ, भदौ ३१
राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षको बैठकले सहमति र समझदारीबाटै सबै समस्या समाधान गर्ने सहमति बनेको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीबीच भएको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको अध्यक्ष थापाले सामाजिक सञ्जालमा बताएकाछन् ।
एकतापछिको दल निर्वाचन आयोगमा दर्ता गर्नुपछ र पर्दैन विषयमा दलभित्र विवाद छ । चुनाव चिन्ह के राख्ने भन्ने बारेमा पनि विवाद छ । पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाउने निर्णय भएको थियो ।
६ महिना बितिसक्दा पनि यो विषय टुंगो लागेको छैन । फागुन २९ गते राप्रपा र राप्रपा (संयुक्त) बीच एकता भएको थियो । त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो ।