नक्कली नोटको कारोमा संलग्ल व्यक्ति पक्राउ कलर फोटोकपी गरी बजार पठाउन तयार गरिएको एक हजार दरको नोट बरामद

0
6

काठमाडौ, साउन १७
महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले नक्कली नोट सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनाको बारेमा जानकारी दिंदै महानगरीय प्रहरी परिसर काठमाडौले भनेको छ, शुुक्रबार अपरान्ह एक बजेको समयमा काठमाडौ महानगरपालिका वडा नम्वर ३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट स्याङजाको चापाकोट नगरपालिका ५ घर भई शान्तिनगर बस्ने बर्ष ३८ को नारायण पौडेलले संचालन गरेको सुबिधा स्टेशनरी भित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सुचना प्रहरीको जानकारीमा आएको थियो । सोही सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा नारायण पौडेललाई पक्राउ गरेको परिसरले जनाएको छ ।
परिसरका अनुसार पक्राउ परेका पौडेलको साथबाट कलर प्रिन्टर एक थान, सक्कली एक हजार दरको नोट एक थान र फोटोकपी गरि तयार गरिएको एक हजार दरको नोट १० थान बरामद गरिएको हो । पक्राउ परेका पौडेलमाथि थप अनुुसन्धान भईरहेको छ ।