धारीलो चक्कु प्रहार गरी व्यवसायीको हत्या

0
52

मंसिर १४, काठमाडौँ । घोराही उपमहानगरपालिका १३ लामी डाँडास्थित सेवा खोला पुलनजिक गएराति एक व्यवसायीको हत्या भएको छ ।

घोराहीको वडा नं १४ माथिल्लो बसपार्कनजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पा माडी गाउँपालिका ६ गोगनपानीका ४६ वर्षीय नन्दबहादुर घर्ती मगरको अपरिचित व्यक्तिले चक्कु प्रहार गर्दा मृत्यु भएको छ ।

बिहीबार बेलुका अपरिचित व्यक्तिले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेले बताए । линкбилдингcontent marketing strategy presentationмакияж на праздникпродвижение сайтов поисковая оптимизациякупить жалюзи в интернет магазине недорогоmoscou vidéo du tourisme