टी–१० क्रिकेट लिग : सन्दीपको पहिलो खेलमा नै उत्कृष्ट बलिङ

0
29

मंसिर ६, काठमाडौं । यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले दुई ओभर बलिङ गर्दै १७ रन खर्चेर तीन विकेट लिएका थिए ।

सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरलाको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे । त्यसपछि त्यही ओभरको अन्तिम बलमा सन्दीपले इन्ग्रामलाई मात्र एक रनमा आउट गरे ।

पख्तुनले १० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रन बनाएको थियो । पख्तुनको लागि आन्द्रे फ्लेचर ३२, क्यामरुन डेलपोर्टले अविजित २८ र लियाम डवसनले २५ रन बनाएका थिए ।

११० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको केरलाले ७.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६, पाउल स्ट्रलिङले ४०, क्रिस गेलले १३ र केइरन पोलार्डले अविजित ११ रन बनाए ।

सन्दीपको टिम केरला किंग्स ८ विकेटले विजयी भयो । почат маил рурелевантнымтеленраммparoli-vkontakteзаказ товаров из китая в украинуhttps://www.facebook.com/expo.ee/posts/1259037674139455/