चोरीको अभियोगमा सुनुवार पक्राउ युवतीको मोबाइल चोरेर दर्जनौंलाई बेच्ने गरेको खुुलासा

0
9

काठमाडौ, असार २५
महानगरीय प्रहरी वृत महाराजगञ्जले राजकुमार दनुवारलाई पक्राउ गरेको छ । बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट सुनुवारलाई नियन्त्रणमा लिएको बृत्तका प्रमुख रोशन खड्काले जानकारी दिएकाछन ।
रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय दनुवारले श्रृखलावद्धरुपमा चोरी तथा लुुटपाट गर्ने गरेको बृत प्रमुख खड्काले भनाई छ । पक्राउ परेका दनुवारमाथि प्रारम्भिक अनुसन्धान गर्दा रोचक तथ्य फेला परेको र उक्त तथ्य सुन्दा प्रहरी स्वंम अचम्ममा परेको उनले बताए । सुनुवारले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोर्ने, त्यही मोटरसाइकलमा राम्री युवतीहरूलाई लिफ्ट दिने र तिनै युवतीको रकम र मोबाइल लुट्ने गरेको गरेको देखिएको छ । लिफ्ट दिएर फकाउने युुवतीहरु पनि अधिकाश किशोरीहरु रहने गरेको समेत बृत प्रमुख खड्काले जानकारी दिएकाछन ।
उनले लुटिएको मोबाइल बेचेर फेरि आफू प्रहरीको डिएसपी भन्दै उनले सो मोबाइल माग्ने गरेको अनुसन्धानबाट खुल्न आएको खड्काले बताए । बृत प्रमुख खड्काका अनुसार केही दिन अघि उनले गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक समेत चोरी गरेका थिए । त्यसपछि सोही मोटरसाइकलमा युवतीलाई लिफ्ट दिए । लकडाउनको बेला सवारी साधन नचलेको फाइदा उनले उठाएको र युवतीलाई लिफ्ट दिएपछि चिया कफी खाउँ भन्दै उनले रेस्टुरेन्टमा लैजाने गरेको समेत अनुुसन्धानबाट खुुलेको छ ।
बृत प्रमुुख खड्काका अनुसार रेस्टुरेन्टमा युवती वासरुम गएको मौका छोपेर उनले युवतीको मोबाइल र पर्स नै लुट्ने गरेको देखिएको छ । युवतीबाट लुटेको मोबाइल सस्तो रुपैयाँमा बेच्ने र मोबाइल बेचेको दुईचार दिनमा नै आफू प्रहरीको डिएसपी भन्दै मोबाइल किन्नेलाई फोन गरेर त्यो मोबाइल फेरि माग्ने गरेको समेत अनुुसन्धानबाट खुुलेको छ । पक्राउ परेका सुनुवार बिरुद्ध अहिलेसम्म धेरै व्यक्तिहरुले जाहेरी दिएको र अझै पनि जाहेरी आउने क्रममा नै रहेको छ । बृत प्रमुख खड्काका अनुसार सुनुवार यसअघि पनि मोवाईल चोरीको अभियोगमा कारवाहीमा परेको खुल्न आएको छ ।