कोभिड १९ का कारण बिदेशमा अलपत्रहरुको उद्धार हालसम्म बिभिन्न देशमार्फत हवाई उड्यन मार्फत १३ हजार नेपालीको उद्धार

0
4


काठमाडौ, असार १७
कोरोना भाईरस (कोभिड १९) का कारण समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने क्रममा हवाई उड्यन मार्फत हालसम्म १३ हजार नेपालीहरुको उद्धार गरिएको छ । सिसिएमसीका अनुसार मंगलबार साँझसम्म उक्त संख्यामा नेपालीहरुको उद्धार गरिएको हो ।
कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेकाको उद्धार कै क्रममा मंगलबार मात्र १५ सय भन्दा बढी नेपाली स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज मंगलबार साँझ छ बजेसम्म छ वटा देशबाट उक्त संख्यामा नेपाली स्वदेश फर्किएका हुुन ।
सो मध्ये यएईबाट दुई सय ६२, मलेसियाबाट दुई सय ४४, कुवेत एक सय ४९, साउदी अरेबियाबाट एक सय ५४, कतारबाट दुई सय ६२, साउदी अरेबियाबाट एक सय ५३, कुुवेतबाट एक सय ६०, एक सय ६२ र दुुई सय २६ गरी झण्डै १५ सयको हाराहारीमा उद्धार गरिएको हो । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।