ओलीले राजिनामा दिनु पर्ने भन्न कसैले सकेनन ! अर्को बैठक २० गते

0
17

काठमाडौं ।   सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक विना निस्कर्ष टुंगिएको छ । साँढे ३ घन्टा भन्दा बढि चलेको  बैठकमा नेताहरुबीच गम्भीर छलफल भयो तर निष्कर्ष भने आउन सकेन ।  बैठकमा नेताहरुबीच गर्मागर्मी बहस भएपनि बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको बारेमा खुलेर टिप्पणी भएन स्रोत भन्छ । प्रधानमन्त्री केपी ओलीले सरल र सहज ढंगमा आफु नेतृत्वको सरकार र पार्टीको बचाउ गरेका थिए ।

बैठकमा नेताहरुले सरकारको समिक्षा गर्दै गल्ती भएको औल्याए तर प्रधानमन्त्रीले पद छाड्नु पर्ने आवाज उठेन ।

गम्भीर गल्तिका कारण ओलीले राजिनामा दिनु पर्ने कसैले भन्न सकेनन् स्रोत भन्छ । प्रधानमन्त्री केपी ओलीप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ ।

ओली भने रक्षात्मक रुपमा प्रस्तुत भएपनि नेतृतव तहमा बसेर पार्टी हितको काम गरेको छनक दिए ।  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक २० वैशाखका लागि बोलाइएको जानकारी दिए ।  प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारवाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको र सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राख्नुभयो । सरकारले पछिल्लो समयमा ल्याएको अध्यादेशको विवादपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

बैठकमा स्थायी कमिटि बैठक डाक्नेबारे छलफल भएपनि अर्को बैठक बसेपछि मात्र टुंगो लाग्ने बुझिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन सचिवालयका अन्य सदस्यहरु सक्रिय भइरहँदा बैठक आज डाकिएको थियो ।