एनएमबी बैंकको यातायात जगतमा डिजीटल भुक्तानीमा फड्को

0
2

काठमाडौ, साउन १६
एनएमबी बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ । यस परियोजनाको शुरुवात किपु बस सेवा प्रा.लि. संग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
कोभिड–१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको छ ।
‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।