ईपीएस अन्तर्गत सीप परीक्षाको नतिजा सार्वजनिक

0
7

पुस ४, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।

विहीबार नतिजा सार्वजनिक गर्दै ६ हजार ७ सय ७३ जना नेपाली प्रशिक्षार्थी उत्तीर्ण भएकोमा एक हजार ३४ छात्रा र ५ हजार ७ सय ३९ जना छात्र रहेको इपीएस कोरिया शाखाले जनाएको छ ।

यसमध्ये उत्पादन क्षेत्रमा ४ हजार ७ सय ६४ र कृषि क्षेत्रमा २ हजार ९ जना सीप परीक्षामा उत्तीर्ण भएका इपीएस कोरिया शाखाले जनाएको छ ।

उत्तीर्ण परीक्षार्थीले कोरियाका लागि रोजगार आवेदन भर्न पाउने र रोजगारदाताको छनोटमा परेमा मात्र कोरिया जाने निश्चित हुने ईपीएस कोरिया शाखाले जनाएको छ । यसअघि भाषा परीक्षा पास भएमा रोजगार आवेदन भर्न पाइन्थ्यो ।